संजीवनी र किरणको स्वरमा ‘तिमी त्यसै त्यसै राम्री…’ (भिडियोसहित)

काठमाडौं,
फाल्गुन ३ ।

गायिका संजीवनी र किरण अधिकारीको स्वरमा रहेको गीत ‘तिमी त्यसै त्यसै राम्री…’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा लोकप्रिय सङ्गीतकार शिखर सन्तोषको सङ्गीत र संजय बरालको शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

शंकर पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् । शंकरकै सम्पादन रहेको भिडियोलाई युवराज न्यौपानेले छायांकन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार