इटहरी,
फागुन २ ।
कान्तिपुर फिल्म एकेडेमी इटहरी शाखाको बिहिबार उद्घाटन गरिएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक , साहित्यकार एवम् सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
फिल्म अध्ययन गर्न चाहनेहरुको लागी कान्तिपुर फिल्म एकेडेमीले पहिलो शाखा इटहरीमा सञ्चालन गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए । कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमीले गरेको यो प्रयासको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
साहित्यकार एवम् प्राध्यापक मनु मन्जिल, प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भीमबहादुर दाहाल, स्थानीय प्रशासनको तर्फबाट वडा अध्यक्ष दीपक गौतमसाथै कार्यक्रममा उपस्थित पूर्वका ख्यातिप्राप्त व्यक्तित्वले कान्तिपुर फिल्म एकेडेमी इटहरीको प्रगतीको लागी शुभकामना प्रदान गरेका थिए ।
पहिलो चरणमा कातिपुर फिल्म एकेडेमी इटहरीले फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफिको १ महिने कक्षा यही फागुन ४ गतेबाट सञ्चालन गर्दैछ ।






