‘तिम्रो मुटुमा’ भन्दै यशकुमार (भिडियोसहित)

काठमाडौं,
फागुन १ ।

एकदेव लिम्बुको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । लोकप्रिय गायक यश कुमारको शब्द सङ्गीतमा रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले स्वर दिएका छन् ।

गीतको भिडियोमा गायक यशकुमार, गायिका सुनिता र रियसाको अभिनय रहेको छ । गीतको भिडियोको कन्सेप्ट यशकुमार कै रहेको छ भने भिडियोलाई गोङ्बाले निर्देशन गरेका हुन् । गीतलाई यशकुमारको आधिकारीक युट्युव च्यानल रिदम फिल्मबाट सार्वजनिक गरिएको छ ।

यस अघि एकदेव लिम्बुको स्वरमा रहेको गीतलाई उनकी आफ्नै बहिनी सुनिता थेगेमले फिमेल भर्सनमा आवाज दिएकी हुन् । एकदेव र सुनिता दाजु बहिनी हुन् । सुनिताले यस अघि ‘छिरिङ’ सिनेमामा बोल बोल पाखाहरु, तिमीले त मायामा, ए कान्छा लगायतकाका गीतहरु गाइसकेकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार