रक्षक र मेचुको ‘चौबन्दी चोलीमा’ (भिडियोसहित)

काठमाडौं,
माघ २९ ।

रियालीटि शो द भ्वाईस अफ नेपाल बाट एकाएक चर्चामा आएकी मेचु धिमाल एवम् भोजपुरमा जन्मघर भएता पनि पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएका रक्षक राईको स्वरमा रहेको गीत ‘चौबन्दी चोलीमा त्यो मिठो बोलीमा’ले चर्चा कमाई रहेको छ । सार्वजनिक भएको छोटो समयमा नै यो गीतको भिडियो चर्चामा रहेको हो ।

राजकुमार याक्खा र देवेन्द्र दिलदुखीको शब्दमा डिबी कुलुङले सङ्गीत गरेको यस गीतको सङ्गीत संयोजन, रेकर्डिङ तथा मिक्सीङ रुद्र श्रेष्ठले गरेका छन् । हाल स्टुडियोमा छायाँकन गरिएको भएता पनि चाँडै यसको कथानक भिडियो पनि निर्माण गरिने पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक रुद्र श्रेष्ठले बताए ।

यसमा तपाइको मत

अन्य समाचार