इजिप्टमाहुने मिस इको इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व अनुश्मा

काठमाडौं,
माघ २६ ।

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले शनिबार दरबारमार्ग स्थित भेला नेपाली किचेनमा आयोजित एक कार्यक्रमका बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा ग्रिन आर्ट मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को क्राउन समेत लगाइदिएको थियो । रायमाझीलाई गत बर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनयले उनलाई ताज लगाई दिएकी थिइन् ।
रायमाझीले आगामी मार्चमा ईजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२०’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुन् ।
रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाएका थिए ।

मिस इको नेपालको उपाधी लगाएपछि रायमाझीले अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउने एक अवसर प्राप्त भएको बताएकी छन् । २० बर्षीया पुरानो बानेश्वर निवासी रायमाझीले भनिन् ‘प्रतियोगीतामा कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थान प्रचार गरेर भिजिट नेपाल २०२०को समेत प्रचार गर्नेछु ।’

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य बिश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

गतबर्षकी सहभागी मुना गौचन प्रतियोगीताको टप २० मा पुग्न सफल भएकी थिइन् । यस बर्षकी सहभागीले उपाधि जित्न सक्ने बिश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । २०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।

यसमा तपाइको मत

अन्य समाचार