काठमाडौं,
माघ २४ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने र देशको पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि आजदेखि तीन दिनसम्म मौसम गढबढ हुनेछ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ ।
महाशाखाका अनुसार आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।






