काठमाडौं,
माघ २० ।
नवनीत आदित्य वाइबाको शब्द र स्वरमा रहेको गीत ‘ढिकी कुटी…’ सार्वजनिक भएको छ । एउटी युवती अथवा महिलाले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयान गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
धरान र भारतको नागाल्याण्ड तथा पश्चिम दार्जिलि जहाँ गायिका नवनीतको घर छ त्यही गीतको भिडियोको छायांकन गरिएको छ । गायिका वाइबा र सत्य आदित्य वाइबाको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन रुबिनकुमार श्रेष्ठले गरेका छन् ।
स्वयम् गायिका वाइबा फिचर्ड भिडियोलाई नेलसन तामाङले छायाँकन र सम्पादन गरेका हुन् । नवनीतका भाइ सत्य आदित्य वाइबाको निर्देशन र निर्माणमा भिडियो तयार भएको हो ।
गायिका नवनीत आदित्य वाइबा, स्वर्गीय बरिष्ठ लोकगायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन । आमाकै पुराना गीतहरुलाई उनी र उनका भाइ मिलेर पुनः प्रकाशनमा ल्याएर यसअघी सन् २०१७ मा ‘आमालाई श्रदाञ्जली’ नामक एल्वम समेत प्रकाशनमा ल्याइसकिएको छ ।
‘ढिकी कुटी…’लाई माया गरिदिन गायिका वाइबाले सम्पूर्ण नेपाली दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन । भिडियो गायिका वाइबाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।






