सम्भव थापा र जुनु गौतमको स्वरमा ‘जाली रुमाल’ (भिडियोसहित)

काठमाडौं,
माघ ८ ।

साइनिङ स्टार गायक सम्भव थापा र जुनु गौतमको स्वरमा रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको सङ्गीत रहेको गीतको सोमबार मैतीदेवीस्थित साइन स्टुडियोमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

पुर्नम राइको कोरियोग्राफी र सुरेन्द्र श्रेष्ठको क्यामेरा र सम्पादन रहेको गीतको भिडियोमा स्मृति पोखरेल, दीलिप पौडेल र पुर्नम राई फिचारिङ छन् । भिडियो साइन प्रोडक्सनले निर्माण गरेको हो ।

गायक सम्भव थापा साइन स्टुडियो काठमाडौंद्वारा आयोजित फर्स्ट साइन स्टुडियोज साइनिङ स्टार २०७५ का बिजेता हुन् ।

यसमा तपाइको मत

अन्य समाचार