विवादस्पद विधेयकको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाली काँग्रेसले बुझायो ज्ञापनपत्र

काठमाडौं,
माघ ५ ।

नेपाली काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु माफर्त काँग्रेसले ज्ञापन पत्र बुझाएको हो ।

संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

यसमा तपाइको मत

अन्य समाचार