काठमाडौं,
माघ ५ ।
‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन् । आगमन बालक सिनियरतर्फ शिर्ष बिजेता चुनिदा बालिकातर्फ पेमा डोमा लामा सिनियर र तहिस्मा चौहान जुनियर तर्फको शिर्ष विजेता घोषित भए ।
तीनै जना बिजेताले उपाधिका साथै बिभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो ।
शनिबार अबेरसाँझ राष्ट्रिय नाँचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्ट रनरअप, केन्द्रीत पौडेल सेकेन्ड रनरअप चुनिदा बालक जुनियरतर्फ प्रतिक भट्ट फष्ट रनरअप र जयस अग्रवाल सेकेन्ड रनरअप भए । त्यस्तै, बालिका सिनियरतर्फ ग्रेसी शाक्य फष्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप हुँदा जुनियरतर्फ फष्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए ।
९ देखि १४ बर्षसम्मका ७ बालक र २५ बालिका गरेर ३२ सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्याइएको थियो । बालबाललिकाको ब्यक्तित्व बिकास, क्षमता अभिबृद्धी गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।
प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।
निलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (बिजेता मिस टिन कन्टेष्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री) मधुसुदन भट्टराई (चलचित्र निर्देशक), आशिष थापालगायत प्रतियोगिताको निर्णायक रहेका थिए ।
कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगिले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।






