दिपक लिम्बुको स्वरमा ‘बिहानीको शितल’ (भिडियोसहित)

काठमाडौं,
पुष २८ ।

दिपक लिम्बुको स्वरमा रहेको गीत ‘बिहानीको शितल’ सार्वजनिक भएको छ । शब्द हाल अमेरिकामा बसोबास गर्दै आइरहेका बालकृष्ण न्यौपानेको शब्द, सुनिल राईको सङ्गीत र बिनोद भुजेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अन्जन शर्माको निर्देशन रहेको गीतको भिडियोमा सनम कठायत र सुशिला थापाको अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

बिके क्रियशन नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियो दुर्गा धिमाल न्यौपानेले निर्माण गरेकी हुन् ।

यसमा तपाइको मत

अन्य समाचार