काठमाडौं लगायतका केही पहाडी क्षेत्रमा सामान्य वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,
पुष २३ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ लगायतका केही पहाडी क्षेत्रमा सामान्य वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ । नेपालमा रहेको पश्चिमी न्युन चापिय प्रणालीका कारण आज र भोलि काठमाडौँ लगायतका केही पहाडी क्षेत्रमा सामान्य वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

देशको पश्चिम र मध्य केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका जारी गरेको तीन दिनु पूर्वानुमान सूचना अनुसार, हाल नेपालमा रहेको पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले पश्चिमी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली हुँदा बुधबार र बिहीबार देशको देशका अधिकांश स्थानमा पानी पर्न सक्ने र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।

यसमा तपाइको मत

अन्य समाचार