निशाको अभिनयमा ‘नालापानी’ (भिडियोसहित)

काठमाडौं,
पुष १९ ।

र्‍यापर तथा इन्जिनियर निराजन तिमल्सिनाको स्वर रहेको गीीत ‘नालापानी’ सार्वजनिक भएको छ । सार्बजनिक र्‍याप गीतको भिडियोमा नेपाल-अङ्ग्रेज युद्धमा सहिद भएका एक योद्धाको कहानी प्रस्तुत गरिएको छ ।

गायक निराजनका अनुसार यो गीत उनले सन् २००९ मा लेखेका बताए । उनको पहिलो गीत हो । निराजनले पाँच वर्षपछि भिडियोसहित गीत दर्शकमाझ ल्याएका छन् । गीतको शब्द लेखन र भिडियो निर्देशन गायक निराजनकै रहेको छ ।

सङ्गीतको काम भने रेञ्ज रेकर्ड्सले गरेको छ ।भिडियोमा मुख्य कलाकारको रुपमा रङ्गकर्मी निशा पाख्रिन, रजिन आचार्य साथै कलाकार बिकाश ढकाल र आरोग्य ढकाल रहेका छन् । म्युजिक भिडियोको छायांकन र सम्पादन बाला रेकर्ड्सका आशिष गैरेले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार