काठमाडौं,
पुष १४ ।
‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । शनिबार दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् ।
आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेको अडिसनमा ११२ मोडलको सहभागिता रहेको थियो ।
अडिसनबाट छानिएका मोडल आगामी चैत ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् ।
भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षण सहित अहिलेसम्मकै फरक तरिकाले उनीहअरुलाई र्याम्पमा उतार्नेछन् ।
२३ मोडलको सहभागीता रहने फेसन शोको म्यानेजमेनट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले लिएको छ । शोमा मोडलले ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर र्याम्पमा प्रस्तुत गर्नेछन् ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।






