सगुन लिम्बुको स्वरमा ‘दिन बित्यो’ (भिडियोसहित)

काठमाडौं,
पुष १३ ।

सगुन लिम्बुको स्वरमा रहेको गीत ‘दिन बित्यो’ सार्वजनिक भएको छ । सुगनकै शब्द, सङ्गीत र देबेश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रोनिश राउतको निर्देशन रहेको गीतको भिडियोमा प्रिया लिम्बु र स्वयम गायक सगुन लिम्बुको अभिनय रहेको छ । योगेश दाहालले भिडियो छायांकन र सम्पादन गरेका हुन् ।

फिदिम घर भइ बिगत दुई वर्षदेखि काठमाडौंमा गीत सङ्गीतको क्षेत्रमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका यी गायकले यसअघि केही लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । गायक लिम्बु स्कुलहरुमा सङ्गीत सिकाउने र गजल बारमा समेत आफ्नो प्रस्तुति दिदै आइरहेका छन ।

यसमा तपाइको मत

अन्य समाचार