काठमाडौं,
पुष १२ ।
चलचित्र ‘प्रेमगीत ३’ युनिटले नयाँ पोस्टर सार्वजनिक गरेको छ । मनाङको चिसोमा छायांकनरत चलचित्र ‘प्रेमगीत ३’ युनिटले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
चैत २८ गते रिलिज हुने यो चलचित्रका प्रदीप खड्का, क्रिष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, अनुभव रेग्मीलगायतका कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ ।
‘चलचित्रका पात्रको चरित्र फोटो दर्शक माझ पस्कदै आएका छौ अब सिघ्र रुपमा सारा धेरै दिन लगाएर हामीले गरेको कामको टिजर, गीत, ट्रेलर क्रमश पस्किने छौ’, निर्माता तथा निर्देशक सन्तोष सेनले भनेका छन् ।
सेनसँगै छेतेन गुरुङले निर्देशन गरिरहेको चलचित्रमा सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।
कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।






