‘हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन’- रामकृष्ण ढकाल

काठमाडौं,
पुष १० ।

गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले सामाजिक सञ्जाल तात्तिएको छ । उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर अप्रत्याशित बन्यो ।

डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चलिरहँदा रामकृष्णले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले भनेका छन्- ‘हामी सँधै झैँ हाँसी खुशी परिवारमा सँगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन ।’

उनले यस्तो लेखेका छन् :-
मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ । कति गाए त्यो अङ्कमा गनेको पनि छैन् । जीवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रसशंक कति रहेछन भन्ने कुराको आभाष भएको छ । सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु ।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगीनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु । विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन । व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो । यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक/श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलार्इ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा सँगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन ।
आशा छ तपाईहरुको माया रहिरहने छ ।
सबैको दिन शुभ रहोस !

यसमा तपाइको मत

अन्य समाचार