‘स्वर्ग लोकैमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुष १० ।

मनु दैलेखीको स्वरमा रहेको गीत ‘स्वर्ग लोकैमा’ सार्वजनिक भएको छ । मनु दैलेखीकै शब्द तथा खड्ग बाजुरालीको लय सिर्जना र विनोद बाजुरालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान एस के को निर्देशन रहेको गीतको भिडियोमा प्रेम पछिको विछोडको व्यथालाई समेटिएको छ । दीपक गिरीको छायाँकन, निशान एस केकै सम्पादन रहेको भिडियोमा देब बोहरा र मनु दैलेखीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार