काठमाडौं,
पुष १० ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज १ डिग्रीभन्दा तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान पौने ९ बजे गरिएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ०.९ मा झरेको हो । यसअघि आजै बिहान पौने ६ बजेको मापनमा यहाँको न्यूनतम तापक्रम १ डिग्री थियो ।






