हेटौँडा,
पुष १० ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराइने बताएका छन् । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा बुधबार आयोजित विस्तारित बैठकमा अध्यक्ष थापाले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र सम्बद्र्ध्नका साथ मुलुकलाई सबल र समृद्धिको मार्गमा डो्याउँदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गरे ।
जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सहमहामन्त्री दीपक सिंह, केन्द्रीय सदस्य, जिल्ला, क्षेत्र र नगरका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए ।






