काठमाडौं,
पुष ८ ।
समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । संविधान संशोधन गर्ने पूर्व सहमति कार्यान्वयनमा सरकार उदासिन भएको ठहर गर्दै समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्रीसमेत रहेको समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपर्ने प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।
वर्तमान सरकारमा समाजवादी पार्टीबाट उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री इस्तियाक राई दुई मन्त्री सरकारमा सहभागी छन् ।






