आशा भोस्ले नेपाल आउँदै

काठमाडौं,
पुष ८ ।

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदै छिन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका आशा भोस्ले बुधवार नेपाल आउने भएकी हुन् ।

उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । ‘उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ’, मोक्तानले भने ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायतका कलाकार नेपाल आइसकेका छन् । असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार