अष्ट्रेलीयामा योगी मधुसुदनको योग बिज्ञान शिविर

काठमाडौं,
पुष ७ ।

सबैलाई योग मार्फत स्वास्थ्य राख्ने अभियानका अभियान्ता हुन् योगी मधुसुदन भेटुवाल । योगी मधुसुदन यतिवेला अष्ट्रेलियामा रहेका छन् । उनले सवैलाई स्वस्थ राख्ने अभियानको साथ शनिवार नेप्लिज नेवरहुड कमिनिटिको सहकार्यमा अष्ट्रेलियाको हस्कीसन रिक्रिएसन रिजर्भ पार्क, मेलबर्न्, लेलोरमा योग बिज्ञान शिविर सम्पन्न गरेका छन् ।

शिविर सामाजिक अभियन्ता योगभ्यासि रोशनी श्रेष्ठ र मिडियाकर्मी मनोज पौड्यालको बिशेष सहयोग र नेप्लिज नेवरहुड कमिनिटिकी संयोजक अमृता गुरुङको पहलमा सम्पन्न भएको थियो । अष्ट्रेलियामा स्थाइ बसोवास गर्दै आएका र अष्ट्रेलिया घुम्न आएकाहरुलाई लक्षित गरी आयोजना गरिएको योग शिविरमा युवा पुस्तादेखी बुवाआमालगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

हिमालयन योगीले परिचित योगी मधुसुदनले योगको परिचयवाट शिविर सुरु गरेको योग प्रशिक्षणको क्रममा योगको बिभिन्न आयामहरु, स्वस्थ जिवनशैली, योगिक जीवनपद्दति, हात र खुट्टामा रहेका अक्कुप्रेसर पेटमा दबाउँदा शरिरमा पर्ने प्रभाब, योग र भौतिक बिज्ञान ,योगको प्रत्यक्ष प्रभाव, योगद्वारा रोगको निदानलगायतका विषय जानकारी गराएका थिए । त्यस्तै सो अवसरमा योग भूमि नेपालको बरेमा पनि छल्फल भएकोे थियो । योगशिविर मानसिक र शरारिक स्वस्थ रही भौतिक प्रगति र आध्यात्मिक उन्नती कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको थियो ।

शिविरमा सहभागीहरु उत्साहका साथ योगअभ्यासमा मस्त रहेका थिए । सहभागीहरुले योग अभ्यास पछि सकारात्मक प्रतिक्रिया दिदै अर्को योग शिविरको लागी आतुर रहेको पनि बताए । सामाजिक अभियन्ता योगाभ्यासि रोशनी श्रेष्ठले योगअभ्यास्ले व्यक्तिमा मानसिक, शाारिरिक, सामिजिक, साँस्कृतिक आर्थिक विकास र आध्यत्मिक उन्नती गर्ने बताए । एक ब्यक्तिले योग अभ्यास गर्दा घर, समाज, राष्ट्र र सम्पुर्ण ब्राह्ममाण्डलाइनै फाइदा पुराउने श्रेष्ठले बताए ।

त्यस्तै मिडियाकर्मी मनोज पौड्यालले विदेशमा रहेका नेपाली समुदायलार्इ लक्षित गरी आयोजना गरिने योग शिविरले मानिसमा स्वस्थ शरीर, स्वस्थ मनको सथै नेपाली समुदायबीचको सम्बन्धलाइ पनि स्वस्थ बनाउने बताए । नेप्लिज नेवरहुड कम्युनिटीकी उपाअध्यक्ष अमृता गुरुङले मानसिक र शारीरिक स्वस्थको लागी योग शिविर अति नै उपयोगी रहेको, उपस्थित सम्पूर्णले लाभ उठाएको र आगामी दिनहरुमा पनि योगका शिविरहरु आयोजनाको लागी पहल गर्ने बताए । उक्त शिविरलाई सफल बनाउन नेप्लिज नेवरहुड कम्युनिटीका सचिव राजन हुमागाँईले सहयोग गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार