काठमाडौं,
पुष ४ ।
सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत ‘फनफनी’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीको विग मुभिजमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर, शंकर थापा स्माइलको सङ्गीत रहेको छ । शब्द भने डीपी खनालले लेखेका हुन् ।
सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेललगायत कलाकारको अलवा मोडल अञ्जली अधिकारीको समेत नृत्य देख्न सकिन्छ । गीतमा शंकर विसीको कोरियोग्राफी रहेको छ ।
सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित यस चलचित्रमा शंकरसँगै राजनराज शिवाकोटी र कालिप्रसाद बाँस्कोटाको समेत सङ्गीत समेटिएको छ । चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् ।






