काठमाडौं,
पुष ३ ।
चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरका दृश्यले दर्शकको मन छुन्छ । मिथिला शर्माको अभिनय मार्मीक लाग्छ। अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गराएको दृश्य देखाइएको छ । मध्यम वर्गीय परिवारको कथामा चलचित्र निर्माण गरिएको हो ।
दीपेन्द्र के. खनालको कथा, छायाँकन र निर्देशन रहेको चलचित्रमा मिथिला, सुरक्षाका अलावा सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनालल, लक्ष्मि भुसाल, टीका पहारी, पदमप्रसाद पौडेल, सरोज अर्याल, अस्मिता खनाल, सुदीप खतिबडा, झकेन्द्र जिसी, विकाश खनालगायत कलाकारको अभिनय रहेको छ ।
डी.एस.डीजिटलको प्रस्तुतिमा शर्मिला पाण्डेको लगानी रहेको चलचित्र आउँदो फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।






