कलाकार आनन्द थापाको निधन

काठमाडौं,
पुष २ ।

कलाकार आनन्द थापाको निधन भएको छ । ८० वर्षको उमेरमा मंगलबार राती थापाको निधन भएको हो । उनी विगत दुई वर्षदेखि विरामी  रहेको बताइएको छ ।

चलचित्र ‘मनको बाँध’बाट अभिनय सुरु गरेका थापाले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘राज’, ‘प्लान’, ‘वरदान’लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।

गाईजात्रा महोत्सव, हास्यव्यङ्ग्य कार्यक्रम, नाटक, टेलिफिल्म लेखन, निर्देशन समेत गरेका कालाकार थापाको श्रीमती र तीन छोरा छन् । उनको पार्थिव शररिलाई आर्यघाटमा १०:३० देखि १२ बजेसम्म राखिने कलाकार उत्तम केसीले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार