काठमाडौं,
पुष २ ।
‘मिसेस एण्ड मिस गुरुङ -२०२०’ आयोजना हुने भएको छ । बिगत दुई बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिसेस एण्ड मिस गुरुङ-२०२०’ गर्न लागेको हो ।
यसको अडिसन यही आउदो पौष ४ गते शुक्रबार स्काई पार्टी प्यालेस सामाखुशी काठमाडौंमा दिउँसो एकबजेदेखि गर्ने आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
आयोजकका अनुसार प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन ।
यस सौन्दर्य प्रतियोगीताले गुरुङ बिबाहित नारी, युवा युवतीबीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन । इच्छुक प्रतियोगीहरुले एस.के. इन्टरटेनमेन्ट प्रा.लि.को कार्यलय बालुवाटार काठमाडौँबाट फर्म लिएर भाग लिन सकिने छन् ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एवम् रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदी-बहिनी मार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मिसेस एण्ड मिस गुरुङ – २०२० समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।






