अनर अवार्डको दोस्रो संस्करण दुबईमा सम्पन्न

काठमाडौं,
पुष २ ।

अनर अवार्डको दोस्रो संस्करण दुबईमा सम्पन्न भएको छ । गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा सम्पन्न भएको हो । नेपाली चलचित्र, गीत-सङ्गीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।

दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डका अवसरमा विशिष्ट सङ्गीतकर्मी शम्भुजित बाँस्कोटालाई सङ्गीत सिताराको उपाधी प्रदान गरिएको छ । वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भुसालसहित वरिष्ठ गायिका देविका बन्दनालाई यस वर्ष कदर सम्मान प्रदान गरिए पनि गत वर्ष अनर अवार्डका अवसरमा क्रमशः विशिष्ट अभिनेत्री सम्मान एवम् विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो ।

साथै दोस्रो अनर अवार्डस्का अवसरमा मोडल आशिष पुरुष, नृत्यकार दीपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्यनिर्देशक सूर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णुप्रसाद पुडासैनीलाई युवा व्यवसायी सम्मान, समाजसेवी चन्द्रप्रसाद समापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणिप्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पुर्णप्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवम् समाजसेवी मोहन शर्मालाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो । यसै अवसरमा मोफसल रङ्ग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डी.आर.एन.) दाङ, प्रवासमा (दुबई) कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छापत्रकारिता सम्मान, कुवेर गिरीलाई रङ्ग पत्रकारिता सम्मान एवम् सोनी शर्मालाई इच्छा पत्रकारिता सम्मान प्रदार गरिएको थियो । सोही अवसरमा गीतकार माधव निर्देषलाई सम्मानपत्र प्रदान गरिएको थियो भने पत्रकार÷चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान गरिएको थियो ।

कार्यक्रममा गजल गायनमा बलराम राजवंशीले अनर अवार्ड पाए भने, गीतकारमा डी.आ. उपाध्यय, नवगायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जर/सङ्गीतकार योगेश काजीले आधुनिक सङ्गीत विधामा अनर अवार्ड प्राप्त गरे । त्यस्तै लोकसङ्गीत तर्फ भने गायक विक्रम राना, मोडल दीपाशा विसी, नवमोडेल सजिना लामिछाने (सूर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे । त्यस्तै पपुलर सङ्गीत तर्फ मोडल दीपेन्द्र सोनाम, नायिका/गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो । त्यस्तै उत्कृष्ट सङ्गीत उत्पादक कम्पनीमा पशुपति म्युजिक प्रा.लि. एवम् दशकको अवार्ड लोकसङ्गीतमा कस्तुपराज पन्त, आधुनिक सङ्गीतमा सन्तोष श्रेष्ठ एवम् गीतकारबाट लोकराज अधिकारिले प्राप्त गरे ।

कार्यक्रममा चलचित्रतर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता सितल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धवप्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओमप्रकाश जैसी (काशी सिनेमा, भैरहवा), प्राविधिकतर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी÷चलचित्र कलाकारमा ऋतुबहादुर क्षेत्री, रङ्गमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवम् साहित्यतर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामालगायतले गायन प्रस्तुति दिएका थिए । त्यस्तै दीपाशा विसी, शुशीला थापा, सविता रेग्मी लगायतको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवम् सङ्गीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवम् लोकराज अधिकारीले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै छायाँछविका अध्यक्ष शान्तिप्रियले कार्यक्रमको उद्देश्य र औचित्यमा प्रकाश पारेका थिए भने नेपाली मन दुबईका मदन अधिकारीले नेपाली मनले यस किसिमको कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको र कार्यक्रम अत्याधिक सफल भएको बताएका थिए । सभापतिको आसनबाट वरिष्ट अभिनेत्री बसुन्धरा भुसालले यस किसिमको कार्यक्रमले नेपाल भित्र-बाहिर रहेका नेपाली बीचमा सांस्कृतिक उर्जा थप्ने बताइन् । कार्यक्रम युएईको वर दुबइ स्थित एभरेष्ट क्लवमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार