काठमाडौं,
पुष १ ।
टेक अधिकारी र सृजना खत्री ‘हाउडे माया’को स्वरमा रहेको लोक दोहोरी गीत ‘ओइ सानी’ सार्वजनिक भएको छ । टेक कै शब्द, रेशम प्रधानको लय तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको यस गीतमा चाडपर्वमा जात्रा तथा बिहे तिर गाउँ घरमा हेर्ने नौलिक दोहोरी घम्साघम्सिलाइ दर्साइएको छ ।
युवराज खत्रीले निर्देशन गरेको गीतको भिडियोमा हास्य सिरियल सक्किगोनी का एदुमे अर्थात सुबोध गौतम र मोडल आयुश्मा कार्किको अभिनय रहेको छ ।






