काठमाडौं,
मंसिर ३० ।
वरिष्ठ कलाकार तथा चलिचिब बोर्डका अध्यक्ष केशव भट्टराईको सोमबार राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलु बाँस्कोटाले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । भट्टराईको आइतबार राती हृदयघातका कारण आइतबार राती ५२ वर्षको उमेरमा निधन भएको थियो ।
त्यस्तै सोमबारै अर्का वरिष्ठ कलाकार दीपक क्षेत्रीको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । क्षेत्री शनिबार आफ्नै कोठमा मृत फेला परेका थिए । दुबै कलाकारको अन्तिम संस्कारमा पशुपति आर्यघाटमा कलाकर्मी र सर्वसाधारणको ठूलो भीड लागेको थियो ।
यसअघि सोमबारै चलचित्र विकास बोर्डमा चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा एक कुशल अभिनेता भट्टराई र अर्का बरिष्ठ अभिनेता दीपक क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । शनिबार आफ्नै निवासमा मृत भेटएका क्षेत्री र आइतबार एक्कासी निधन भएका भट्टराईको संयुक्त श्रद्धाञ्जली गरिएको हो ।
विकास बोर्डमा क्षेत्री र भट्टराईलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका थिए भने ठूलो सङ्ख्यामा कलाकारहरु अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।






