नवलपरासी,
मंसिर २८ ।
पूर्वी नवलपरासी (नवलपुर)को कावासोती–३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना सेना घाईते भएका छन् । सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार उक्त बस दुर्घटनामा घाइते भएकामध्ये गम्भीर २ जनाको चितवन मेडिकल कलेजमा तथा अन्य घाईतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।






