काठमाडौं,
मंसिर २६ ।
सज्जन धामी, सानू सुनवार र स्मृति राइको स्वरमा रहेको गीत ‘माया नमार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भैगोलिक रुपमा निकै सुन्दर रहेको सुदुरपश्चिमको पर्यटकिय क्षेत्रलाइ बर्णन गदैँ देशको आन्तरिक तथा वाह्य पर्यटक आएर सुन्दर भूमी रामा रोशनको आसपासमा स्पर्श र मनोरम दृष्य अवलोकन गर्नको लागी आग्रह गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
डम्बर रोकाया शब्द तथा लय सिर्जना रहेको गीतमा विशाल निरौलाको एरेञ्ज रहेको छ भने स्टुडियो छायाँकन रहेको गीतको भिडियोलाई साजन धामीले सम्पादन गरेका छन् ।






