काठमाडौंं,
मंसिर २५ ।
रावा कुभिण्डे सेवा समाजको दोस्रो साधारणसभा सम्पन्न भएको छ । पूर्वी पहाडी जिल्ला खोटाङको रावाबेँसी गाउँपालिका वडा नं. १ साविकको कुभिण्डे गा.वि.स.जन्मथलो तथा पैतृक थलो भई काठमाडौंमा स्थायी वा अस्थायी रुपले बसोबास गर्ने कुभिण्डेलीहरूको गैरराजनीतिक सामाजिक संस्था रावा कुभिण्डे सेवा समाज, काठमाडौं नेपालको दोस्रो साधारण–सभा हालै काठामाडौंमा सम्पन्न भएको हो ।
सभाले शिक्षक सेवा आयोगका पूर्व सदस्य, रावा क्याम्पस खार्पा, खोटाङका पूर्व क्याम्पस प्रमुख तथा शारदा मा.वि. खार्पा खोटाङका पूर्व प्रधानाध्यापक सीताराम पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको नयाँ कार्यसमितिमा उपाध्यक्ष टङ्कप्रसाद रेग्मी, महासचिव सुरेश हाचेकाली, सचिव गिरिराज राई र कोषाध्यक्षमा दीपक पौडेल चयन भएका छन् ।
यसै गरी नवगठित कार्यसमिति सदस्यहरूमा फणिन्द्र कोइराला, लीला पोखरेल, रीता के.सी., झुमा पोखरेल, सीता राई, कमला गुरुङ, कैलाश निरौला, चुस्तबहादुर राई, पूजा निरौला, लालबहादुर आले, कृष्ण पोखरेल, टीका श्रेष्ठ, हरि श्रेष्ठ, कोपिला राई, जितबहादुर नेपाली, र सीता रेग्मी रहेको कुरा महासचिव सुरेश हाचेकालीले जानकारी गराए ।
सभामा प्रगति प्रतिवेदन महासचिव सुरेश हाचेकालीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष फणिन्द्र कोइरालाले प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक पदमा प्रतिस्पर्धामार्फत् नियुक्त भएका कुभिण्डेली रोहित रेग्मीलाई सम्मान गरिएको थियो । पहिलो सत्रको उद्घाटन बयोवृद्ध समाजसेवी तुलसीप्रसाद दाहालले गरेका थिए ।
सो संस्थाले रत्नराज्यलक्ष्मी मा.वि. हाँचेकाको स्वर्ण महोत्सव स्मारिका प्रकाशन, कुभिण्डेली टेलिफोन डायरी प्रकाशन, कुभिण्डेलीहरूको वनभोज कार्यक्रम, देउसीभैलो कार्यक्रम, रावा कुभिण्डेमा स्वास्थ्य शिविर सञ्चालन, काठमाडौंमा मृत्यु भएका विपन्न कुभिण्डेलीको दाहसंस्कार खर्च व्यवस्थापन, कुभिण्डेमा सरस्वतीको मूर्ति स्थापनालगायतका सामाजिक कार्यहरू गर्दै आएको छ । कुभिण्डेलीहरूलाई भावनात्मक रुपले जोड्ने उद्देश्यले वि.सं.२०६९ सालमा विधिवत रुपमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष डा. राजकुमार राई रहेका थिए ।






