चितवन,
मंसिर २४ ।
अर्जुन सापकोटा र देवी घर्ती मगरको स्वरमा रहेको गीत ‘वनकी चरी’ सार्वजनिक भएको छ । कृष्ण वस्यालको शब्द र अर्जुन सापकोटाको लय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
स्मृति तिमलसिना गुरु आमाको निर्देशन रहेको गीतको भिडियोमा गायक सापकोटा, राजु ढकाल र करिस्मा ढकालको अभिनयमा रहेको छ । गीतले माया प्रेममा भएको विछोडको कथालाई समेटेको छ । करन चैसिरको छायाँकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन रहेको छ ।






