काठमाडौं,
मंसिर १९ ।
बिहीबार देशका पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
पश्चिमी क्षेत्रमा विकास भएको कमजोर पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना देखिएको मौसमविद्ले जानकारी गराएका हुन् ।
यस्तै, महाशाखाले बिहीबार जारी गरेको मौसमी बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि देशको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने छ ।
बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।






