मिस पुर्वाञ्चलको दसौँ संस्करणमा २१ जना अन्तिम प्रतिस्प्रधी

धरान,
मंसिर १९ ।

सौन्दर्य प्रतियोगिताको नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौं संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन् । बिभिन्न अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास, फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको हो ।

प्रतियोगितामा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई इटहराबाट बिपना तामाङ, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदिक्षा बिस्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, खोटाङ्गबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, रेजिना राई, धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन् ।

प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ बिजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे २०१९ र एन्जल राई मिस राई २०१९ कि बिजेता हुन । त्यस्तै अन्य सहभागीहरु पनि मिस एसईई, मिस धनकुटा, मिस पथरी सनिश्चरेमा भाग लिएका र बिभिन्न टाइटल जितेकाहरु छन् ।

कोरियोग्राफर तथा ट्रेनर र भर्खरै मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि बिजेता बनेकी प्रियारानी लामाले प्रतियोगीहरुलाई फिनालेको लागि सम्पूर्ण ट्रेनिङ दिनेछिन।

प्रतियोगिहरुलाई इपिएस, व्यक्तित्व विकास, फेशन, र्याप वर्क, सौन्दर्य, पर्यटन, इतिहासलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति, ओमशान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको सहप्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पुर्वाञ्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा आयोजना गरिनेछ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन, मिस बेस्टवाकलगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ २०१५ मा मोरङकी प्रियङका श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पूजा श्रेष्ठले जितेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार