सुमन केसीको स्वरमा ‘म रोएको पल’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १४ ।

सुमन केसीको स्वरमा रहेको गीत ‘म रोएको पल’ सार्वजनिक भएको छ । नेपाली आधुनिक गीत-सङ्गीतमा बुनियाद यथार्थवादी गीतकारको रुपमा पहिचान कायम गर्दैआएका गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीत ‘म रोएको पल’को भिडियो सार्वजनिक भएको हो ।

राजेश कैदीको सङ्गीत रहेको गीतको भिडियोमा एसराज, फिजा योञ्जन, सुदीप भट्टराईलगायत गीतकार डीपी दाहाल परिश्रमीले पनि विशेष भूमिकामा निर्णायक अभिनय गरेका छन् ।

नेपाली चलचित्रका अग्रज नृत्यनिर्देशक कमल राईको निर्देशनमा तयार भएको यस भिडियो चलचित्रको गीत जस्तै गजब बनेको छ । नेपाली चलचित्रकै अग्रज छायाँकार शिव ढकालको छायाँकन रहेको यस भिडियो मार्मिक तथा यथार्थपरक रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार