‘छ माया छपक्कै’ ५१ औं दिनमा

काठमाडौं,
मंसिर १५ ।

चलचित्र ‘छ माया छपक्कै’ले ५१ औं दिन पार गरेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबार (आज) प्रदर्शनको ५१ औं दिन पार गरेको हो ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गरेको यो चलचित्रले राजधानीका अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज, गंगा हल, गुण सिनेमाज, सिडिसि सिनेमाज र वीएसआर सिनेमाजमा प्रदर्शनको ५१औं दिन मनाएको हो ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको प्रस्तुतिमा दीपेन्द्र लामाले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार