अर्घाखाँची
मंसिर १२ ।
अर्घाखाँचीमा बुधबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका अनुसार मृत्यु हुनेमध्ये १७ जनाको घटनास्थलमै एक जनाको प्राथमिक उपचार केन्द्र ठाडामा र अर्काको चौराहा हस्पिटल बुटवलमा मृत्यु भएको हो । मृत्यु हुनेमा १० पुरुष, ६ महिला, १ बालिका र १ बालक रहेका छन् ।
मृत्युहुनेहरुमा वसन्त भन्ने ओमबहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी, माया पुरी, १८ वर्षिया, खाचिकोट काउले, मेनुका खड्का, ८ वर्षिया, खाचिकोट काउले, बलराम भट्टराई, खाचिकोट डिही, सिता बस्नेत, २७ वर्षिया, शितगंगा २ घर भई हाल चप्परगाउँ कपिलवस्तु, राजकुमार महत, २८ वर्षिय, पिपलडाडा वेम्जिङ, गुल्मी, सन्तबहादुर बस्नेत, ३६ वर्षिय छत्रदेव गाउपालिका, उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ डेभा अर्घाखाँची, शिवलाल भट्टराई, सन्धिखर्क ७ खाचिकोट रहेका छन् भने अन्यको सनाखत हुन सकेको छैन ।
त्यस्तै भैरहवामा उपचार हुँदै गरेका घाइतेहरुमा कृष्ण बिक वर्ष ४०, अर्घाखाँची, बोमबहादुर वर्ष ३५ अर्घाखाँची, बिष्णु विक वर्ष ३५, अर्घाखाँची, सरस्वता भट्टराई वर्ष २३, अर्घाखाँची, जीवन विक वर्ष २५, अर्घाखाँची र बुटवलमा उपचार हुँदै गरेका घाइतेहरुमा अन्किता थापा वर्ष १५, सन्धिखर्क ६ अर्घाखाँची, सरस्वता भट्टराई वर्ष २३, सन्धिखर्क ४ अर्घाखाँची, बिष्णु अधिकारी, अर्घाखाँची, लोकनाथ पाण्डे, अर्घाखाँची, सपना कुवर अर्घाखाँची, नन्दबहादुर बिक, अर्घाखाँची रहेका छन् ।
सन्धिखर्कबाट बुटवलको लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिकास्थित घुम्ती र नरपानीको बीचमा दुर्घटना हुँदा गाडी सडकबाट करिब चार सय मिटर तल खसेको थियो । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको सो बस बुधबार अपराह्न दुर्घटना भएको थियो ।






