प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

काठमाडौं,
मंसिर ११ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको छ । मंगलबार प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो र स्वास्थ्य स्थिर थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि भेन्टिलेटर हटाइएको जानकारी दिए । ‘अहिले प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा सुधार भएको छ,’ थापाले भने, ‘ब्याकअपमा रहेको भेन्टिलेटर हटाइएको छ ।’

यसमा तपाइको मत

अन्य समाचार