विवाह पञ्चमी महोत्सव सुरु

जनकपुर,
मंसिर १० ।

विवाहपञ्चमी महोत्सव आजदेखि सुरुभएको छ । धनुषा-प्राचीन मिथिलाञ्चलको राजधानी तथा हालको प्रदेश २ को राजधानी जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सवको विधिवत सुरुवात भएको हो ।

महोत्सवका लागि रामजानकी मन्दिर झकिझकाउ बनाइएको छ । त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ ।

साताव्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुलही झैं सिङ्गारिएको छ । महोत्सवका लागि जानकी मन्दिरले १ सय ५१ सदस्यीय मूल समाहरोह समिति गठन गरेको छ ।

विवाहपञ्चमी महोत्सव आज नगर दर्शनबाट सुरु हुनेछ । दोस्रो दिन भोलि फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन स्वयम्बर एवम् विवाह र सातौँ दिन राम कलेवा विधिसँगै महोत्सव सम्पन्न हुनेछ ।

विवाहपञ्चमी महोत्सवको सबैभन्दा ठूलो आकर्षण भारतको अयोध्याबाट आउने जन्तीलाई स्वागत गर्न विशेष तयारी गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार