दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल हुँदै

काठमाडौं,
मंसिर १० ।

दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल हुँने भएको छ । सेफ स्कुल एण्ड सेफर मोबिलिटीको थिममा रहेर दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल आगामी दिसम्बर ३० तारिख तदनुसार पुष १४ गते हुन लागेको हो ।

यसमा मूलतः सेफ स्कुल एण्ड सेफर मोबिलिटीको थिममा छोटा फिल्मका प्रतिस्पर्धा, फिल्म निर्माता र निर्देशकसँग अन्तरक्रिया र छलफल, नेपाली फिल्म क्षेत्रसँग संवेदनशील एजेण्डामा सहकार्य, सडक र सवारी सम्बन्धि पेन्टिङ, पोस्टर र फोटो प्रर्दशनी, सडक सुरक्षा सम्बन्धी गीत, सङ्गीत र कला–साहित्यको जमघट, नयाँ र सृजनात्मक प्रयोगका माध्यमबाट जनचेतना र कार्यक्रमको लागी दवाव, डकुमेन्ट्रिहरूको प्रर्दशन तथा सडक सुरक्षामा सामुहिक प्रतिबद्धताको घोषणाको प्रयास गरिने आयोजकले जनाएको छ ।

आगामी पुष १४ गते आयोजना गरिने फिल्म फेस्टिभल काठमाडौं उपत्यका भित्रको कुनै स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यवसायिक संस्थाको सहयोगमा गरिने जनाइएको ।

सेफ स्कुल नेपालको आयोजना तथा नेसनल रोड सेफ्टी एलाइयन्स र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा हुने सो फेस्टिभलमा फाइनल राउण्डमा पुगेका एकदर्जन फिल्महरूको अन्तिम प्रतिस्पर्धा हुने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार