राज लिम्बुको ‘हाउ लुङ्वा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मंसिर ९ ।

राज लिम्बुको स्वर, शब्द र सङ्गीत र गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीत ‘हाउ लुङ्वा’ सार्वजनिक भएको छ । यसघि यौनिक तथा अल्पसङ्ख्यक समुदाय प्रति समर्पित गीत ‘बुझिदेउ’बाट चर्चा कमाएका गायक लिम्बुको दोस्रो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

‘हाउ लुङ्वा’मा नेपालको पूर्वी भागको चलन र संस्कारमा रहेको लिम्बु जातिको संस्कारमा आधरित नाच (धाननाच) र गाउने गीत (पालाम)को कुराको वर्णनलाई अलिकति फ्युजन नयाँ तरिकाले प्रस्तुत गरिएको छ ।

भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशन रहेको भिडियोमा रुकमान लिम्बु र प्रिया लिम्बुको अभिनय रहेको छ । अनिल रानाले भिडियो सम्पादन गरेका हुन ।

यसमा तपाइको मत

अन्य समाचार