सिनेमाघरमा ‘च च हुई’

काठमाडौं,
मंसिर ६ ।

आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको अभिनय रहेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको हो ।

साम्तेन भुटियाले निर्देशन गरेको यो चलचित्र हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ ।

भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय रहेको चलचित्रका सम्पादक भुटिया स्वयम् हुन् भने निर्माता अमृत घोले रहेका छन् ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्याल पटकथा छ । चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको सङ्गीत, श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार