पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे श्रीलंकाका नयाँ प्रधानमन्त्री

काठमाडौं,
मंसिर ५ ।

पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे श्रीलंकाका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतबाया राजपाक्षेले पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियक्त गरेका हुन् ।

गत शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनबाट गोतबाया राष्ट्रपतिमा निर्वाचित भएका थिए । बुधवार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंगेले नयाँ सरकार गठनका लागि राजीनामा दिएसँगै गोतबायाले आफ्नै दाजुलाई प्रधानमन्त्री बनाउँदै नयाँ मन्त्रिमण्डल गठन गरेका हुन् ।

महिन्दा राष्ट्रपति हुँदा गोतबायाले रक्षा सचिवका रुपमा काम गरेका थिए । त्यसबेला श्रीलंकामा गृह युद्ध चलिरहेको थियो । राजपाक्षे दाजुभाइ सत्तामा रहँदा तमिल विद्रोहीलाई पराजित गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार