अर्जुन र शान्तिश्रीको स्वरमा ‘गाजले’ (भिडियोसहित)

काठमाडौं,
मंसिर ३ ।

अर्जुन कौशल र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘गाजले’ सार्वजनिक भएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, तनहुँ, कास्की, बाग्लुङ्, प्युठानलगायत नेपालको पश्चिम क्षेत्रमा गाइने मौलिक झ्याउरे लयको गीत ‘गाजले’ सार्वजनिक भएको हो । लय संयोजनसमेत कौशलले गरेको गीतको शव्द कौशल र पवन परियारले कोरेका छन् ।

शिव वि.क.ले निर्देशन गरेको गीतको भिडियोमा खेलाडी तथा नायिका नन्दा बस्याल र सदाबहार नायक धिरेन शाक्यको अभिनय रहेको छ । आरोन अशोककुमारको छायाँकन र पदम सुवेदीको सम्पादन रहेको छ भिडियोमा ।

यसमा तपाइको मत

अन्य समाचार