प्रियंकाको निर्देशनमा ‘मेरै लाहुरेले…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर ३ ।

अभिनेत्री प्रियंका कार्कीको निर्देशनमा ‘मेरै लाहुरेले…’गीतको भिडियो सार्वजनिक भएको छ । बाल गायिका आयुष्का खनियाँको स्वरमा ‘मेरै लाहुरेले…’ बोलको गीतको भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् । गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ ।

अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन् । उनको निर्देशनमा तयार भएको वेभ सिरिज अहिले युट्युबमार्फत सार्वजनिक भईरहेको छ ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत, नरेन्द्र बियोगीको सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ/मास्टरिङ भने किसोर थापाले गरेका हुन् ।

सुदिप बरालको छायांकान, सन्देश शाहको सम्पादन र रेनिश फागोको रङ संयोजन रहेको भिडियोमा रेडियो अडियो मिडिया पार्टनर तथा शुभ मिडियाको निर्माण व्यवस्थापनमा रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार