काठमाडौं,
मंसिर १ ।
डीपी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको सङ्गीत र वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भीम थापा मगरको स्वर रहेको गीत ‘आर्गनिक माया…’ सार्वजनिक भएको छ ।
चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रोमान्टिक डान्समा बनेको भिडियो सुजन मार्पा तामाङकै कोरियोग्राफी छ । प्रकाश खतिवडाको छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन र निर्देशन रहेको छ ।






