सपनको ‘लै बरी लै…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मंसिर १ ।

सपन श्रेष्ठको स्वरमा रहेको गीत ‘लै बरी लै…’ सार्वजनिक भएको छ । ब्रिजेस श्रेष्ठको शब्द, सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नितिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा तनुजा गुरूङ, सुष्मा अधिकारी, सम्पदा बानिया, स्वीकृति प्याकुरेल, कश्या अधिकारीलगायतका लाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ। गीतमा गायक श्रेष्ठ र कोरियोग्राफर नरेस वीर शिंह लाई पनि फिचर गरिएको छ ।

दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन । भिडियोलाई श्रेष्ठ कै श्रीमती अन्जना श्रेष्ठले निर्माण गरेकी हुन् ।

भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत रकम भीम बिकलाई सहयोग गर्ने गायक सपनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार