सेलिब्रेटी दौड प्रतियोगितामा सुरजर बिनिता विजयी

काठमाडौं,
मंसिर १ ।

नेपाल चलचित्र कलाकार सङ्घ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको सेलिब्रेटी दौड प्रतियोगितामा सुरज पण्डित र बिनिता स्याङ्तान विजयी भएका छन् । सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित र महिलामा गायिका बिनिता स्याङ्तान विजेता भएका हुन् ।

त्यसैगरी महिलातर्फ नायिका पवित्रा आचार्य फष्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप भइन् भने पुरुषतर्फ फष्ट रनरअप धनु ज्ञान्मी र सेकेन्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका हुन् ।

प्रतियोगिताका विजेताहरुलाई क्रमशः ५० हजार, ३२ हजार, र २० हजार रुपैँयासहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।
वातावारणीय स्वच्छता तथा भ्रमण वर्ष २०२० लाई प्रवर्द्धनका लागि चलचित्र कलाकार, मोडल, र गायक-गायिकाबीच तीन किलोमिटर सडक दौड आयोजना गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक तथा समाजसेवी जगतमर्दन थापा, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, चलचित्रकर्मी नरेन्द्र खड्का, वरिष्ठ हाँस्य अभिनेत्री लक्ष्मी गिरी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहारी, कलाकार लक्ष्मण बस्नेत, वरिष्ठ चलचित्रकर्मी हरिहर शर्मा, महिला उद्यमी लक्ष्मी शर्मा, वरिष्ठ चलचित्रकर्मी स्मारिका श्रेष्ठ र वरिष्ठ बालरोग विषेशज्ञ डा. शान्तचन्द्र शाक्यलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार सङ्घले पछिल्लो समय कलाकारहरुको हकहितको लागि आवाज उठाउदै आएको र सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको र अहिले भारतले नपाल माथि गरेको हस्तक्षेप तथा सीमा बिवादलाइ तुरुन्त कुटनीतिक पहल गर्नु पर्ने सम्पूर्ण कलाकारहरुको माग रहेको बताए ।

आयोजक संस्था कान्ति साँस्कृतिक केन्द्रका अध्यक्ष चन्दन ढकालले कार्यक्रमलाइ भब्य तथा सभ्यताको साथ सम्पन्न गराउन महत्वपुर्ण भूमिका निर्बाह गर्ने कलाकार, मोडल तथा गायक गायिकाहरुलाई धन्यबाद दिए ।

सो अवसरमा कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला, सदस्यहरु नायिका आंचल शर्मा, गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी, गीता नेपाल, धर्मेन्द्र आचार्य, पवन खतिवडा, सितल केसी, जयकिशन बस्नेत, गायक सिताराम पोखरेल, मोडल अनिता गिरी, हास्यकलाकार महादेव त्रिपाठी, कलाकार राजु शाही, कलाकार नारायण प्रधान, मोडल रिया श्रेष्ठ, कलाकार तथा निर्मात्री सावित्रा चिलवाललगायतका कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हरि शरण लामिछानेले सञ्चालन गरेको कार्यक्रमलाइ रिभेल इभेन्ट्सले ब्यबस्थापन गरेको थियो भने कलाकार गोपाल ढकाल छन्दे, राजेश महर्जन, गायक राजेश हमाल र कलाकार रामेश्वर बुर्लाकोटीले संयोजकत्व गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार